३ असार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा परेको २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेपछी आज बैंकले इटालीको बैंक बाट ८७ लाख ४९ हजार युरो पाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेका अनुसार बाँकी पैसा आजै साँझसम्म आइसक्ने छ।
तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटलियन कम्पनी कोपरेटिभ मुराटोरी एण्ड केमेन्टिस्टी (सीएमसी) लाई दिइएको काउन्टर बैंक ग्यारेन्टी विवाद सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले गत साता २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको थियो।







