गुल्मीमा पहिलो महिला सिडिओ

पुस,१० गुल्मी । गुल्मीमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओे) रुपमा आएकी छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा महिला सिडिओे) रुद्रादेबी शर्मा रामेछाप जिल्ला प्रशासन कार्यालयबाट सरुवा भइ आएकी हुन् । ११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा ३९ औं प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई गुल्मीमा बिहिवार आएकी हुन् । यस अघिका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको गृहमन्त्रालयमा सरुवा भएपछि जिल्लाको हकमा पहिलो पटक महिला (सिडिओे) आएकी हुन् ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेको ५० वर्षे ईतिहासमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओे) पाएको हो । २०२७ सालदेखि प्रमुख जिल्ला अधिकारी (सिडिओे) रहेको इतिहासमै महिला भने आएका थिएनन् । जिल्लाको लामो इतिहासमै ३९ औं प्रमुख जिल्ला अधिकारी (सिडिओे) रुपमा महिला आएकी हुन् । 

जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमाा कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला स्थित बिभिन्न क्रियाशिल राजनैतिक दल, पत्रकार, संघसंस्थाहरुका प्रमुखहरुसँग परिचयात्मक कार्यक्रम र जिल्लाको वस्तुस्थितिको बारेमा समेत जानकारी लिएकी छन् पत्रकारहरुसँगको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले आफनो मुख्य भूमिका जिल्ला वासीको लागि शान्ति सुरक्षा दिनु र अपराध नियन्त्रण गर्नु रहेको बताइन् । जिल्लामा शान्ति सुरक्षा र अपराध नियनत्रण भइसकेपछि जनताले न्यायको अनुभुति हुने काम हुने भएकाले त्यसतर्फ ध्यान केन्दित हुने शर्माले बताइन् ।

सरकारी कार्यालयहरुले दिने सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र पारदर्शी बनाउनको लागि सबै कार्यालयहरुसँग समन्वय गरेर अगाडी बढने बताइन् । जिल्लाबाट हुने सेवा प्रवाहलाई नागरिकमैत्री, सेवाग्रही मैत्री तरिकाले प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।सबैसँग मिलेर कानुनको शासनमा बिबेकशिलता र सम्बेदनशिलतामा रहेर सेवा प्रवाह प्रदान गर्ने शर्माको भनाई छ । जनमुखि प्रशासन, पारदर्शीता र सुशासनको सिद्धान्तबाट अगाडी बढने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन्।