प्रचण्डलाई थापाको शुभकामना – मेरो जस्तो नियति भोग्नु नपरोस्

पुस,११ काठमाडौ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राप्रपा विभाजनको घटना स्मरण गर्दै आफ्नोजस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेका छन् ।

शनिबार बिहान ट्वीट गर्दै उनले सो कुरा बताएका हुन् । उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुनविपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घोषणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यहीँ नियति भोग्नु नपरोस् भनेर शुभकामना दिएका छन् ।

उनले भनेका छन्, ‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु। तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दवावरप्रभावमा त्यसवेला विना सनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो। प्रचण्डले त्यही नियति भोग्नु नपरोस।मेरो शुभकामना।’