पुस ,११ काठमाडौ ।प्रधानमन्त्री केपि शर्मा ओलिले जब ससंद विघटन गरे तब नेकपा नेता प्रभु साहले गर्नुसम्म बिरोध गरे।यो कदम अलोकतान्त्रिक ,असंवैधानिक र आत्माघाती भएको बताए।उनको त्यो स्ट्याटस अझै पनि फेसबुकमा रहेको छ।

त्यसपछि पनि उनले ओलिको कदमको चर्को आलोचना गरिनै राखे।पुस ०७ गते प्रचण्ड -माधब नेपालको केन्द्रीय सदस्य बैठकले माधब नेपाल र प्रचण्ड अध्यक्ष रहने घोषणा गर्यो तब उनले दुई अध्यक्ष नमान्ने एकल अध्यक्ष हुन पर्ने बताए।
त्यसलगत्तै उनले बिज्ञाप्ति नै जारी गरेर दुई अध्यक्ष भएको प्रणाली नमान्ने यो कम्युनिस्ट लेनिनवाद ढाचामा यस्तो नरहेको र यहि दुई अध्यक्षत्मक ब्यबथाले गर्दा नै आज पार्टी यो हालतमा आइपुगेको समेत बताए।।
बिगतमा मन्त्री बन्न नपाएको र कार्य बिभाजनमा समेत गतिलो पद नपाएका उनी एकाएक पुस १० गते ससंद विघटन भैसकेको र निर्वाचनको मिति समेत तोकेको अबस्थामा उनी प्रधानमन्त्री ओलिले गरेको मन्त्रीमण्डल बिस्तारमा सामेल भए।उनले मन्त्रीको जिम्मेवारी लिए।
यसै घटनलाई लिएर राजनीतिमा मानिस आफैंले अघिल्लो दिनमा बोलेको बोली र भोलिपल्ट गरेको काम कस्तो हुदोरहेछ भनेर टिकाटिप्पणी भैरखेका छन् । अघिल्लो दिन असंवैधानिक ,अलोकतान्त्रिक र आत्माघाती भएको निर्णय मन्त्री पदसंग साटेको आरोप उनी माथि छ।
अघिल्लो दिनसम्म ससंद विघटनको बिरोध र भोलिपल्ट लुरुक्क मन्त्री थाप्न बालुवाटार गएको भन्दै सामाजिक संजालमा बिरोध भैरहेको छ।







