पुस,११ काठमाडौ ।नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपि शर्मा ओलि लाई गोमन साँप जस्तो भएको बताएका छन् ।एमालेको महाधिवेशनको आठौं महाधिवेशनमा आफू हारेपछी ओलिले प्रतिशोध,इगो र इख पालेको र केपि ओलि भन्नुनै इगो बोकेर हिड्ने मानिस भएको बताएका छन् ।
उनले भने,`तेस्रो केन्द्रीय समिति बैठकले माधब नेपाल लाई अध्यक्ष बनाएको छ।अध्यक्ष भन्दा माथी कोहि नेता हुँदैन ।हाम्रो दुबै अध्यक्षको हैसियत बराबरी हो।अध्यक्षको जसरी नै महासचिव पनि छानिनेछ।´उनले भने।
नेता खनालले यसअघिको नेकपामा केपि ओलिले जबर्जस्त एक नम्बर घोषणा गरेको भन्दै आउने महाधिवेशन सम्म २ अध्यक्ष रहने र महाधिवेशन पछि एक अध्यक्ष रहने स्पष्ट पारे।







