आइपुग्यो चिनियाँ टोली, नेकपाका दुबै समूहसँग छलफल गर्ने कार्यक्रम

पुस ,१२ काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा एक टोली भखरै नेपाल आएको छ ।
आइतबार येचै नेतृत्वको टोली एअर चाइनाको उडानबाट छङ्तु हुँदै काठमाडौं आइपुगेको हो । चार सदस्यीय चिनियाँ टोलीले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। । त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भोलि बिहान भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।