चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मन्डलको टोलीले प्रचण्ड-नेपाल पक्षलाई भेट्दै

पुष १३ काठमाडौं । चार दिनका लागि नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मन्डल आज पनि भेटघाटमा व्यस्त छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवादका विषयमा बुझन उक्त टोली नेपाल आएको बुझिएको छ ।

चीनका राष्ट्रपति सी जिङ्गफिङ्गको सन्देश लिएर आइतबार नेपाल आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले आज नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल र कृष्णबहादुर महरालगायतलाई भेट्ने बताइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौ यसअघि पनि तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भए लगत्तै २०७४ सालमा काठमाडौं आएका थिए ।