पुस,१६ काठमाण्डौँ । ग्यास्ट्रिक निको पार्ने घरेलु उपचार विधि थाहा छ ? यसरी गर्नुहोस् घरैमा उपचार:हाम्रो जस्तो अल्पविकसित मुलुकका बहुसंख्यक मानिसहरुमा ग्यास्ट्रिकको समस्या हुने गरेको छ । खानाको समय नमिल्ने कारणले गर्दा मानिसमा ग्यास्ट्रिकको समस्या हुने गर्दछ त्यसैले हामीले ठीक समयमा खाना खाने गर्नुपर्छ।
ग्यास्ट्रिक भएको समयमा हामीले धेरै कुरामा ध्यान दिने गर्नुपर्छ । ग्यास्ट्रिकलाई हामीले सामान्य रुपमा लिन हुँदैन । यदी ग्यास्ट्रिक बिग्रियो भने आन्द्राको अल्सर हुन्छ ग्यास्ट्रिकको समस्याले सताएर हैरान हुनुहन्छ भने यस्तो उपायहरु उपनाउन सकिन्छः
१ प्रशस्त पानी पिउनेः लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फ्यान्टा जस्ता कोल्डड्रिङसको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्याँस बढाउँछ २ लसुन पानीको प्रयोगः बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाने हो भने ग्यास्ट्रिक भएकाहरलाई फायदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ
३ खाना समयमा खानेः ग्यास्ट्रिक भएकाहरुले समेतसम्म प्रत्येक दुई घण्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ४ कागती पानीको प्रयोगः पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने गर्नुपर्छ ।
यसले ग्याँस हटाउने काम गर्छ र पेट फुल्न दिँदैन५ कार्बोहाइड्रड कम खानेः पेटमा ग्यास जमेर गाह्रो हुने भएकोले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ६ दूध नपिउनेः ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।
के बार्ने त ?ग्यास्ट्रिकका कारण धेरैले आजभोलि टेन्सन पाइरहेका छन् । पेटमा अतिरिक्त अमिलो जम्मा भएपछि ग्यास्ट्रिक हुने गर्छ । ग्यास्ट्रिक बिग्रियो भने अल्सर तथा क्यान्सर पनि हुन सक्छ । जटिल खाद्य पदार्थका लागि शरीरमा एसिडको मात्रा सामान्य हुनु जरुरी पनि हुन् । एसिडिटी कम भए पनि बढी भए पनि यसले पेटमा समस्या पारिदिन्छ । तपाईंमध्ये धेरैलाई थाहा नहुन सक्छ, तनावले पनि ग्यास्ट्रिक बढाउन मद्दत गरिरहेको हुन्छ । अधिक धुम्रपान र अल्कोहलले पनि ग्यास्ट्रिक हुने गर्छ । धेरै चिल्लो, पीरो, तातो खानाले पनि एसिडिटी गराउने गर्छ ।
ग्यास्ट्रिकबाट बच्नका लागि ग्रीन टीको अवधारणा आएको छ । पुदिनायुक्त हर्बल चिया पिउँदा यसले ग्यास्ट्रिक कम गर्दै लैजान्छ । र, बिहान उठ्नासाथ पानी पिउँदा पनि केही मात्रामा ग्यास्ट्रिकबाट बचाउन सक्छ । यस्तै समयमा खाना खाना खाने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।यदि ग्यास्ट्रिकबाट बच्न चाहनुहुन्छ भने मसला, अचार र तेल भएको खाने कुरा पनि कम खान डाक्टरले सल्लाह दिँदै आएका छन् ।
खा्दै नखानुस् है यी खानेकुरा ? पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ। कुनै कारणबस यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक हुन्छ। ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ–ढ्याउ आउनेदेखि लिएर बढ्दै गएमा अल्सरसम्म हुन्छ।
अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुनेसम्म हुन्छ। यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ ।त्यसैले ग्यास्ट्रिक भएमा यस्ता खानेकुराको प्रयोग गर्नुहुँदैन एसिडिक खानेकुरा ( कागती, सुन्तला, निबुवा, भोगटे,टमाटर, दूध र दूधजन्य पदार्थ , मदिरा सेवन, चिया र कफी, मसलेदार खानेकुरा, प्रशोधित खानेकुरा आदि ।







