लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

पुस,१६ काठमाडौँ । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । पर्सा प्रहरीसँगको समन्वयमा बिहीबार अपराध महाशाखाका टोलीले अग्रवाललाई वीरगन्जबाट पक्राउ गरेको हो । उनीविरुद्ध उखु किसानको उजुरी छ ।

उक्त चिनी मिलले किसानलाई १६/१७ करोड रुपैयाँ तिर्न बाँकी रहेको स्रोतले बताएको छ । केहीदिअघि मात्र गृह मन्त्रालयले किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन आदेश दिएको थियो ।