४४ जना सांसदसहित एक सयको स्वाब संकलन

पुस, १६ काठमाडौं । राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन भएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजे सुरु हुँदैछ ।

बैठक बस्नु अघिल्लो दिन बिहीबार सांसद र सचिवालयका कर्मचारीहरुको निःशुल्क कोभिड–१९ परीक्षण गरिएको हो ।

‘४४ जना माननीय सहित एक सयको स्वाब संकलन भएको छ’ राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँलले भने ।

बाँकीलाई टेकु गएर स्वाब लिएर रिर्पोट लिएर आउन अनुरोध गरिएको फुँयालले जानकारी दिए ।