पुस,१७ काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गरेको छ।शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले माघ ७ गते बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो।
मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल)ले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा प्रदेश सभा बैठक राख्न सिफारिस भएको छ।







