५ असार, काठमाडौं । भारत र चीनबीच केही महिना यता देखि चुलिएको सीमा विवादसँगै, भारतीय सैनिकहरु मारिएको र विभिन्न झडपहरु भएको खबरहरु माझ हामीलाई भारतीय सैनिकहरुद्धारा एक चीनियाँ सैनिकलाई नियन्त्रणमा लिई, चीनियाँ सैनिक गाडी तोडफोड गरिरहेको भिडियो प्राप्त भएको छ । भिडियोमा चीनियाँ र भारतीय सैनिक बीच ढुंगा हानाहान भइरहेको समेत भएको देखिन्छ । यसबाट भारत र चीनबीचको सीमा विवादले निकै गम्भीर मोड लिएको प्रष्ट हुन्छ ।
भारतीय सैनिकहरुद्धारा चीनियाँ सैनिकलाई नियन्त्रणमा लिइएको भिडियो







