सुनको मूल्य बढ्यो, चाँदी घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो।

महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको थियो।

यसअघि मंगलबार सुनको मूल्य स्थिर रहँदै प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ थियो। सोमबार भने ४०० रुपैयाँले घटेर २ लाख ९१ हजार ५०० रुपैयाँमा झरेको थियो। आइतबार सुनको मूल्य २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँ कायम भएको छ।

बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४२५ रुपैयाँ पुगेको थियो। मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको चाँदी सोमबार ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँ पुगेको थियो। आइतबार भने चाँदीको मूल्य ६० रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।