पुस,१९ काठमाडौँ । नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका छन् । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







