तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

पुस,१९ काठमाडौं । आइतबार उच्च अंकले बढीरहेको बजारमा हिमालयन डिष्टिलरी सहित तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । 

२ बजेसम्मको कारोबारमा ७१ दशमलव ७३ अंक बढेर २ हजार १५९ विन्दुमा पुगेको बजारमा हिमालयन डिष्टिलरी र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले र नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशत बढेको हो । 

हिमालयन डिष्टिलरीको प्रतिकित्ता रू. ३५२ ले मूल्य बढेर रू. ३ हजार ८७२ पुगेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनको प्रतिकित्ता रू. ६२८ ले बढेर रू. ६ हजार ९०९ पुगेको छ । 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. १३४ ले बढेर प्रतिकित्ता रू. १ हजार ४७८ पुगेको छ । नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य यस अघि रू. १ हजार ७५८ सम्म पुगेर घटेको थियो । पछिल्लो समय कम्पनीको शेयरमूल्य पुनः उकालो लाग्न थालेको छ ।