थप ४२१ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

पुस,१९ काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५४ हजार ४९४ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ८ सय ७८ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ५ हजार ४८५ रहेको छ ।