खण्डग्रास सूर्यग्रहण जारी (फोटो सहित)

७ असार, काठमाडौं । आषाढ कृष्ण औँसीका दिन आज बिहान १०ः५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ ।

बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गर्नेछ । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिनेछ ।

काठमाडौं र भक्तपुर बाट यस्तो देखियो सूर्यग्रहण
तस्बिरहरु: रासस

भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः२५ मा देखिएको सूर्यग्रहण
काठमाडौँको स्वयम्भूबाट आइतबार देखिएको सूर्यग्रहण ।
काठमाडौँको स्वयम्भूबाट आइतबार देखिएको सूर्यग्रहण ।