काठमाडौं । बोर्डर आउट पोष्ट बाँके शसस्त्र प्रहरीले अवैध रुपमा आयात गरीएको ११ सय केजी बोनलेस कुखुराको मासु बरामत गरी नष्ट गरेको छ ।
उक्त मासु नष्टसँगै मासु ओसारपसार गर्ने पिकअप गाडी लिलामीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीले अवैध रुपमा आयात गरेको २१७ पिस कुखुरा पनि नियन्त्रण गरी नष्ट गरेको छ ।







