सुन प्रतितोला ९० हजार कट्यो

७ असार , काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ पुगेको हो।

गत शुक्रबार ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन ७ सय रुपैयाँले वृद्धि हुँदै ९० हजार ६ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य शुक्रबार प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भएकोमा आइतबार ९ सय ४० रुपैयाँ पुगेको हो।