माघ, २ काठमाडौं । नेपाल कम्युनिष् पार्टीैका केन्द्रीय सविचालय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लगायतको गिरफ्तारीको विरोध गरेका छन्।
पार्टीका शीर्ष नेतालाई बिनाकारण केपी ओली नेतृत्वको सरकारले नियन्त्रणमा लिएको भन्दै विप्लव नेतृत्वको नेकपाले आपत्ति जनाएको छ।
नेकपा महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्द सहितका कार्यक्रम समेत सार्वजनिक गरेका छन्।
विप्लवका अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दसहितका कार्यक्रम सार्वजनिक भएका हुन् ।







