संविधानलाई बचाएर मात्र चुनावमा जाने : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई बचाएर मात्र चुनावमा जाने बताएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर संविधानलाई रछ्यानमा पुर्‍याउने काम भएको भन्दै उनले त्यसलाई सच्याउनुपर्ने बताएका हुन् ।

संसद विघटनको विरोधमा भरतपुर महानगरपालिमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘संविधानलाई बचाएर मात्र चुनावमा जान्छौं । केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको स्मरण गर्दै उनले संसद पुनस्र्थापना अपरिहार्य रहेको बताएका छन् ।