राजधानीमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रेस संगठनको विरोध र्‍याली

माघ,६ काठमाडौं । आज राजधानीमा प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल पक्ष) निकट प्रेस संगठनले विरोध र्‍याली निकालेको छ । 

मंगलबार राजधानीको कमलादीमा भेलानै आयोजना गरेको प्रेस संगठनले सोअघि विरोध र्याली निकालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रेस संगठन पछि विभाजित भएको हो । अर्को पक्षले पनि बिहीबारका लागि भेला बोलाएको छ ।