माघ, ७ काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले ४६ औं राष्ट्रपतिको रुपमा आज सपथ लिँदैछन् ।
स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ ।
उनीसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिँदैछिन् ।
सपथ समारोहलाई व्यवस्थित बनाउनका लागि अमेरिकाको राजनधाी वासिङ्गटन डिसीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
यसपालिको समारोहमा हजारदेखि १२ सय जनासम्म मानिस सहभागी हुनेछन् ।
सुरक्षाकर्मीले सपथग्रहणस्थलमा चेक जाँचको कार्य पुरा गरेको छ ।







