माघ,९ काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष हुने बताएका छन् । सशस्त्र प्रहरीको २० औँ स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने निर्वाचन निष्पक्ष हुने दाबी गरेका हुन् ।
‘मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ,’ उनले भने, ‘पहिलो चरणमा प्रदेश २ सहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुन्छ ।’
पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली







