संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा आएको छ : महामन्त्री डा कोइराला

माघ, ११ कैलाली । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कुनै पनि हालतमा नेपालको संविधानको रक्षा गर्नुपर्ने बताएका छन् ।

कांग्रेस कैलालीले शनिवार धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले चुनावमा जाने अथवा आन्दोलन गर्ने भन्ने दोधारमा कांग्रेस बस्न नहुने धारणा व्यक्त गरे । “तेरो र मेरो नभनिकन सबै एक जुट भएर उभिनुप-यो” महामन्त्री कोइरालाले भने, “आउँदो निर्वाचनमा नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन ।” उनले कांग्रेसको भविष्य उज्ज्वल रहेको तर यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।