संसद विघटनको सिफारिसले अहिलेको स्थिति सृजना भएको होइन : मन्त्री नेम्वाङ

माघ, ११ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले संसद विघटनको सिफारिसले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)अहिलेको स्थिति पैदा नभएको बताएका छन् ।
पाँचथर–काठमाडौं सम्पर्क मञ्चको शनिवार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै नेम्वाङले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रहेको केहि व्यक्तिहरुको विचार, नीति, कार्यक्रम सिद्धान्तका कारणपार्टीमा विभाजन आएको बताएका छन् ।
नेम्बाङले गलत चिन्तलाई अन्त्य गर्दै पार्टीले महान सुद्धिकरणको आवश्यकता रहेको समेत बताए । उनले ७२ वर्षको इतिहासमा सबै भन्दा ठुलो कम्युनिस्ट पार्टी र बहुमतको सरकारसमेत बनेको नेम्बाङले बताए ।
उनले भने–‘पार्टी एकिकरण पछाडि दुईवटा कुरामा ठुलो सरकार बनाएर मुलुकको समद्धिको नेतृत्व गर्न, समाजबाद उन्मुख नीति कार्यक्रम ल्याउन लगायतका लागि ठुलो पार्टी बनाउन एकीकरण गरेका थियौं । तर, त्यो पार्टीबाटै सफल हुन दिइएन ।’
ठुलो पार्टीको हैसियतमा समृद्ध नेपाल सुखि नेपालीको निर्माणगर्ने अभियानको नेतृन्वगर्ने प्रधानमन्त्रीले केपी ओलीलाई सफल हुन नदिने चलखल भएको समेत बताए । उनले भने–‘देश विकासकालागि प्रधानमन्त्रीबाट तिब्र गतिमा सुरु भएको थियो । तर, उहाँको नेतृत्वलाई अगाडि जान नदिने, सफल हुन नदिने विभिन्न खालका चलखेलहरु १ वर्ष पनि पुग्नन दिएको बताए ।

पूर्व मेचीदेखि महाकालीसम्म देश केपी मय भएको छ : मन्त्री रायमाझी


उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले देश अहिले केपी मय भएको बताएका छन् । पाँचथर–काठमाडौं सम्पर्क मञ्च काठमाडौंको भेलालाई सम्बोधन गर्दे पूर्व मेचीदेखि पश्चिम महाकलीसम्म केपी मय भएको दावी गरेको हुन् ।

उनले भने–‘अव देश केपी मय बन्दै छ । केपीको नेतृत्वमा लहर आउदैछ । केपीलाई अन्याय भएको छ । केपीलाई काम गर्न नदिएको हो । त्यो बाहिरबाट भएको हैन आफ्नैपार्टी र पार्टीका सांसदबाट भएको हो ।’

उनले थपे अवको चुनावमा दुईतिहाइ नभएर सके बहुमत नभएपनि पनि पहिलो पार्टी केपी ओलीले नेतृत्व गरेको पार्टीमा हुन्छ ।

उनले संसद व्युताउने भन्दै अस्थिरता निम्त्याउन खोजेको समेत आरोप लगाए । उनले भने– उनले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री र राष्ट्रपनि बन्नु छ भने चुनावमा आउनु पर्छ । उहाँहरु पुरानोहर्कत दाहोर्यन खोज्दै हुनुहुनछ । अस्थिरता र अराजकता तिर जादै हुनुहुन्छ ।
अहिलेको हर्कत जनताले स्विकार समेत गर्न नसक्ने उनले बताए ।