माघ, १२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरीमा जाँदै छन् ।
राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन् ।
राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको छ ।







