माघ ,१२ काठमाडौ ।राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले गणक तथा सुपरिवेक्षक पदमा अनलाइन दरखास्त आह्वान गरेको छ ।
गणनामा खटाउन विभागले करारमा गणक र सुपरिवेक्षक राख्ने भएको हो। विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना गर्न लागेको जनाएको छ।
इच्छुकले २०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिएका छन्।
अनलाइन दरखास्त फारामसम्बन्धी थप जानकारी लिन https://censushrms.cbs.gov.np/गर्नुहोस् ।
कस्ता व्यक्तिले आवेदन दिन सक्छन्
न्यूनतम शैक्षिक योग्यता:
- स्नातक तह वा सोसरह उत्तीर्ण गरेको ।
- उमेरस् दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको। महिलाको हकमा ४५ वर्ष ननाघेको ।
- स्थानीय तहस् सम्बन्धित स्थानीय तहमा बसोबास गरेको नागरिक।







