माघ,१३ काठमाडौ ।नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबार (भोलि)बाट शुरु हुँदैछ । नेपालले केहि दिन अगाडी भारतको सहयोगमा नेपालमा पनि कोभिड -१९ विरुद्धको खोप भित्र्याइ सेकेको छ । खोप नेपालमा भित्रिसकेपछि पनि कस्ले लगाउन हुने कस्ले खोप लगाउन नमिल्ने भन्ने बिषयमा अन्योल देखिँदा पनि खोप लगाउनको नामावली सरकारले तयार पारिसकेको छ ।
नेपालमा कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना नेपाल सरकारको रहेको छ ।
खोप भित्रिएपछि पनि सबैलाई यो खोप लगाउन भन्ने दिइने छैन , बिशेष गरि दीर्घरोगी , बालबालिका , गर्भवतिको लागि यो खोप उचित नहुने विशेषज्ञ बताउँछन ।
१५ वर्ष मुनिका बालबालिकामा कोभिड–१९ विरुद्धको खोप परीक्षण नभएकाले उनीहरुलाई खोप दिइने छैन । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अस्थिर शारीरिक अवस्था भएका, मुटु रोगको औषधि प्रयोग गरिरहेका जटिल बिरामीले यो खोप लगाउन मिल्दैन । यस्तै अक्सिजन लिइरहेका बिरामीले पनि कोभिडविरुद्धको खोप लिन मिल्दैन ।
गर्भवती महिलालाई पनि कोभिड–१९ विरुद्धको खोप दिन नहुने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. पीआर पन्तको भनाइ छ । गर्भवतीको शरीर र पेटमा भएको शिशुलाईसमेत यो खोपले नकारात्मक असर गर्नसक्ने सम्भावना भएकाले उनीहरुलाई यो खोप दिन नहुने उनले बताएका छन।
सरकारले पहिलो चरणमा खोप लगाउनको सूचीमा यदी कोही स्वास्थयकर्मी नै यस्ताखाले बिरामी, गर्भवती, स्तनपान गराइरहेका महिलाहरुलाई ‘वेटिङ लिस्ट’मा राखेको छ ।







