बागमती प्रदेशको लोकसेवाको पदपूर्ति सम्बन्धि सुचनामा भेटेरिनरी एशोसिएसनको गम्भीर आपत्ति!

माघ,१४ काठमाडौ । नेपाल भेटेरिनरी एशोसिएनले गत मिती २०७७/१०/१२ गते गोरखापत्र दैनिकमा प्रकाशित स्थानीय तहका विभिन्न अप्राविधिक / प्राविधिक तर्फका अधिकृत छैटौं तहका पदहरुको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षाको विज्ञापन सम्बन्धि सुचनामा भेटेरिनरी र लाइभष्टक , पोल्ट्री एन्ड डेरी डेभलपमेन्ट समुहमा समेत अधिकृत छैटौं तहमा विज्ञापन भएको भन्दै अचम्मित मान्दै बागमती प्रदेशको लोकसेवाको पदपूर्ति सम्बन्धि सुचनामा भेटेरिनरी एशोसिएसनको गम्भीर आपत्ति जनाउदै बुधबार एक विज्ञप्ति जारी गरेको छ ।
कर्मचारी समायोजन एन ,२०७५ को दफा ७ को उपदफा (४) अनुसार साविकमा राजपत्र अङ्कित प्रथम श्रेणीमा सेवा प्रवेश गर्दा अनुसार साविकमा राजपत्र अनंकित प्रथम श्रेणीमा कार्यरत पाँच वर्ष सेवा अवधि पुगेका र उक्त श्रेणीमा सेवा प्रवेश गर्दाका बखत न्यूनतम शैक्षिक योग्यता पुगेका कर्मचारीहरुलाई अधिकृत छैटौ तहमा समायोजन गरिएको हो।
यसबाट स्वतह स्पष्ट हुन्छ की छैटौँ तह विज्ञापनबाट पदपूर्ती गर्ने किसिमको पद होइन। सामान्यतया पशु विज्ञानमा जुनियर टेक्निसियन वा प्रविणता प्रमाणपत्र तहको योग्यता भएका साविकमा राजपत्र अनंकित प्रथम श्रेणीमा कार्यरत पाँच वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई समायोजन प्रोत्साहन स्वरुप दिइएको पदमा पशु चिकित्सा शास्त्रमा स्नातकोपाधीको न्यूनतम शैक्षिक योग्यता राखी विज्ञापन गरिदा यसले पेशागत मर्यादामा आँच पुर्‍याएको महशुस गरी यसको घोर भत्सर्ना गर्दै यस्तो त्रुटी यथासक्य सच्याउन सम्वन्धित पक्षलाई आग्रह गराउन भन्दै विज्ञप्ति जारी गरेको छ ।
साथै ​स्मरण रहोस् कर्मचारी समायोजन पूर्व नेपाल सरकारले मौजुदा दरबन्दीबाट दरबन्दी मिलान गर्दा कृषि सेवाको भेटेरिनरी र ला.पो.डे.डे. समुहका राजपत्र अनंकित द्वितीय, राजपत्र अनंकित प्रथम, राजपत्राङ्कित तृतीय र राजपत्राङ्कित द्वितिय श्रेणीका पदहरु मात्र स्थानीय तहमा मिलान गरेको हो। यदि कुनै स्थानीय तहमा अधिकृत छैटौ पद रिक्त छ भने त्यो पद समायोजनका समयमा राजपत्र अनंकित प्रथम श्रेणीको कर्मचारीको समायोजन प्रोत्साहन स्वरुप सृजना भएको र त्यस्ता कर्मचारी अवकास भई रिक्त रहन आएको पद भएकोले मुख्यत सो पदमा नभई एक तह तल्लो पदमा विज्ञापन गरिनुपर्दछ भने अर्का तर्फ विज्ञापन नै गर्न नमिल्ने पदमा एक तह माथिको न्यूनतम शैक्षिक योग्यता राखि विज्ञापन भएबाट भेटेरिनरीयनहरुको पेशागत स्वाभिमानमा चोट पुगेकोले यथासिघ्र त्रुटि सच्याउनुहुन सम्वन्धित सवैमा अनुरोध गर्दछौं। अन्यथा कानूनी निरुपणका लागि अदालतको ढोका ढकढकाउन बाध्य हुने समेत बाध्य हुने कुरा नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा :सितलकाजी श्रेष्ठलेले बताए । ​साथै, यस्तो गम्भिर त्रुटिपूर्ण विज्ञापनहरुको प्रतिस्पर्धाबाट अलगै रही यसको भद्र विरोध गर्न सम्पूर्ण भेटेरिनरीयहरुलाई अनुरोध गर्ने कुरा उक्त विज्ञप्तिमा जारी गरिएको छ ।