थप २८३ जनामा संक्रमण पुष्टि, मृतकको संख्या २०२० पुग्यो

माघ,१४ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार २० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २४६ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेकोसंख्या २ लाख ६५ हजार ६९ पुगेको छ।हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २८६ रहेको छ ।