माघ,१५ बुटवल । प्रतिनिधि सभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको नेकपाको पुष्पकमल-माधव नेपाल पक्षले बुटवलमा आज विरोध सभाको आयोजना गरेको छ । सो कार्यक्रमको तयारी पूरा भएको पार्टीले जनाएको छ ।
लुम्बिनी प्रदेश स्तरीय उक्त कार्यक्रम बुटवलको पुष्पलाल पार्कमा गर्ने तयारी भएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।
सभालाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने जनाइएको छ । कार्यक्रमलाई सफल बनाउन स्थायी समिति सदस्यहरू घनश्याम भुसाल, वर्षमान पुन, ओनसरी धर्तिलगायतका नेताहरू बुटवलमै बसेका छन् ।







