माघ ,१५ बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि निरङ्कुशताको बाटो देखाएर सम्पुर्ण नेपाली रुवाउनु खोजेको आरोप लगाएका छन् ।
नेकपाको बुटवलमा भइरहेको विरोध सभालाई सम्बोधन गर्दै भुसालले ओलीले फेरि प्रतिनिधि सभा विघटनको बिषयलाई उठाउदै त्यस्तो बताएका हुन् । उनले भने–‘ ओली राणा र राजाहरुकै शैलिमा अगाडि आएर निरङ्कुशताको प्रेत उत्रेको छ ।’
आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ले नै चुनौती खडा गर्नुले उनमा राणा तथा राजाहरुको प्रेत उत्रेको उनको भनाइ थियो ।
उनले भने -‘ओलीको बाटो संम्विधानको हत्या, अस्थिरता, अशान्ति, बर्बादी, गैरकानुनी , जनताको सत्यनास नै हो साथै ओलीको ब्यहार अभद्र समेत रहेको उनले बताए । उनले थपे–‘ओलीले यी कर्तुत लुकाउन, जनताको ध्यान मोड्न सारा षड्यन्त्र रचेका छन् । त्यसका विरुद्धक्क नेपाल खडा भएको छ । ओली जन्मने परिस्थिती कसरी निर्माण भयो भन्ने कुरामाथि विमर्श गर्दै फेरि अर्को ओली नजन्मिने बाटो सुनिश्चित गर्नुपर्छ ।’







