प्रचण्डको चेतावनी-श्री ३ बन्न चाहानेहरुलाई धरासायी पार्छौ

माघ, १५ बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकल दाहाल श्री ३ बन्न चाहानेहरुलाई धरासायी पार्ने चेतावनी दिएका छन् ।

बुटवलमा बिरोध जनसभालाई सम्बोधन गर्दै दाहालले श्री ३ महाराज बन्‍नेहरूलाई लुम्बिनी प्रदेशले धरासायी बनाउने चेतावनी दिएका हुन् ।

ओलीको एकल चाहाना बाट मात्र देश चल्न नसक्ने, साथै ओलीले अझै केहि समय प्रधानमन्त्री रहेमा नेपालका गौरवमय सम्पदा समेत बेचेर खाने समेत दाबी गरे ।

ओलीले संविधानको घाँटी रेट्ने काम गरेको दाहालले आरोप समेत । ‘संविधानको घाँटी रेटेर हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने निरंकुशता र स्वेच्छाचारी ओलीको चुट्की भरमा अन्त्य हुनेछ’, दाहालले भने ।

दाहालले ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष बनाएको र आफैले समर्थन गरेर प्रधानमन्त्री बनेको स्मरण गर्दै अहिले सामन्ती निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको बताए साथै प्रतिनिधिसभा विघटनको बिषयलाइ लिएर उनले प्रधानमन्त्री ओली संविधानको चरीत्र उदाङै गरेको ,प्रधानमन्त्रीमा बोल्ने शैली नभएको समेत आरोप लगाए ।