माघ,१६ काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले लुम्बिनी प्रदेश र जिल्लाहरुमा जिम्मेवारी हेरफेर गरेको छ। जस अनुसार लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी चयन भएका छन्। विहिवार बसेको ओली समूहको प्रदेश कमिटीको बैठकले लिला गिरीलाई प्रदेश कमिटीको अध्यक्ष चयन गरेको हो।
उनी लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री हुन्। पार्टी अलग समुहको रुपमा विभाजन हुनु अघि ओनशरी घर्ती अध्यक्ष थिइन्। उनी प्रचण्ड माधव समुहको अहिले पनि अध्यक्ष छिन्। तर ओली समुहले घर्तिलाई पदबाट हटाएर गिरिलाई अध्यक्ष तोकेको दाबी गरेको छ।
ओली समुहको बैठकले जिल्ला तहमा पनि जिम्मेवारी तोकेको छ। रुपन्देहीमा शिव सुवेदी संयोजक, तेजेन्द्र केशी सहसंयोजक र अनुप बराललाई सचिवको जिम्मेवारी दिएको छ।







