कक्षा १२ परीक्षाको नतिजा सार्वजनिक

माघ, १९ काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा आज बिहान सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । सोही आधारमा आज बिहान नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

यस वर्ष कक्षा १२ परीक्षामा चार लाख ३३ हजार २७१ जना परिक्षार्थी सामेल भएका थिए । त्यसमध्ये एक जनाको नतिजा रद्द गरिएको छ भने ११ हजार चार सय ९० जनाको स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।