राष्ट्रियसभाका अध्यक्षकोद्वारा संवैधानिक निकायका नियुक्ति फिर्ता गरेकोमा आपत्ति

माघ, २० काठमाडौं । संघिय संसदका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्का नियुक्तिहरु फिर्ता गरेकोमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ति जनाएका छन्।

सभामुख सापकोटाले सुनुवाइसम्बन्धी सक्कलै पत्र फिर्ता गरी उनले सभामुखमा निहित अधिकार प्रयोग गरी त्यसो गरिएको हिजो आइतबार जानकारी गराएका थिए।

प्रतिनिधि सभाका सभामुखले पत्रहरु फिर्ता गर्नुका साथै त्यसमा प्रयुक्त व्यहोराबारे आफ्नो ध्यानाकर्षण भएको तिमिल्सिनाले बताएका छन्।