माघ, २० काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दायर अदालतको अवहेलना मुद्दा आज पेसीमा चढ्ने भएको छ ।
नेपाल ल क्याम्पसमा अध्यय्नरत समीर हायूदे प्रचण्डविरुद्ध आइतबार अदालतको अवहेलना गरेको भन्दै निवेदन दिएका थिए ।
सउनले प्रतिनिधि सभा विघटनसम्बन्धि अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डबाट गम्भीर रूपमा प्रभावित पार्ने कार्य भएको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गरेका छन् ।
निवेदनमा अदालतको सामाजिक प्रतिष्ठालाई उचो बनाएर अदालतलाई सम्मान गर्ने, अदालतको आदेश फैसलालाई मान्ने र सामाजिक तहमा अदालतको औचित्यता कायम राख्ने प्रकारका काम गर्नुपर्नेमा प्रचण्डले सार्वजनिक मञ्चहरूमा व्यक्त गर्दै आएको मन्तव्य त्यस विपरीत भएको हायूको जिकिर छ ।
हाल प्रतिनिधि सभा विघटनपछि सो सम्बन्धी १४ वटा मुद्दाहरू सर्वोच्च अदालतमा सुनुवाइको क्रममा छ ।







