संवैधानिक परिषद्को बैठक बोलाइयो

माघ, २० काठमडौं । बुधबार (भोली)का लागि संवैधानिक परिषद्को बैठक बुधबार बोलाइएको छ ।

भोली साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ ।

पहिलो एजेण्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र विविध विषयमा छलफल हुने बताइएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकको सूचना नआएको उनका सहयोगी भानु देउवाले बताएका छन्  ।