‘बालुवाटार एउटा टुक्रा त हो’

माघ,२० काठमाडौ।प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय पछि राजनीतिक रूपमा दुई चिरा भएको सत्तारुढ नेकपाको आधिकारिता विवाद निर्वाचन आयोगलाई टुङ्ग्याउन सकस परेको छ।

नेकपा दाहाल-नेपाल समूहले आज नेकपाको आधिकारिक आफूहरू भएको भन्दै आयोगमा दाबी प्रस्तुत गरेको छ। उसले २ सय ७५ सदस्यको हस्ताक्षर सहित अध्यक्ष ओली र महासचिव विष्णु पौडेललाई हटाएको जानकारी पनि गराएको छ। 

नेकपा दाहाल-नेपाल समूहले आफूले नै नेकपाको आधिकारिकता पाउने विश्वास गरेको वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘बालुवाटार एउटा टुक्रा त हो।’ खनालले भने, आफूले आधिकारिता दाबी गर्न के भयो र।’ उनले आफू आधिकारिता हो भन्नलाई संविधानले नै स्वतन्त्रता दिएको बताए। 

नेकपा दाहाल-नेपाल समूहले विवाद निरूपण नगरी चुनाव हुन नसक्ने दाबी समेत प्रस्तुत गरेको छ। ‘निर्वाचनका खेलाडी तयार गर्नुपर्छ। खनालले भने, खेलाडीहरूलाई ल आउनुहोस् खेल्न भनेर दलहरूलाई तयार गर्न विवाद त समाधान गर्नुपर्छ।’

नेकपा कानुनी रूपमा विभाजित नभए पनि राजनीतिक रूपमा विभाजित भएको खनालले बताए। आफूहरूले पार्टीको निर्णय र प्रमाणहरू बुझाएकाले नेकपाको आधिकारिता आफ्नो समुहले पाउने उनको विश्वास छ।