माघ, २१ काठमाडौं । सरकारले संवैधानि निकायमा सिफारिस भएका पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
आज विहान राष्ट्रपति निवासमा एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ खुवाएका हुन् ।
त्यस्तै विभिन्न आयोगका सदस्यहरुलाई भने सम्बन्धित आयोगका अध्यक्षले सपथ ग्रहण गराएका हुन् ।
गत मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका लागि ३८ जनाको नाम सिफारिस गरेको थियो ।







