माघ, २१ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेपाल बन्दको घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनकोविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाले बिहीबार (भोली) नेपाल बन्द गर्न लागेको स्रोतले जनाएको छ ।
नेकपाले एम्बुलेन्स, पानी, दुध लगायत अति आवश्यक सवारीहरु चल्न दिने जनाएको छ । कार्यक्रमलाई सहयोग गर्न पार्टीले अपिल समेत गरेको छ ।







