प्रचण्ड-नेपाल पक्षको आमहड्ताल, उपत्यकामा आशिंक प्रभाव

माघ, २२ काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको आम हडतालको प्रभाव उपत्यकामा आंशिक परेको देखिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार उपत्यककाका सडकमा सामनय रुपमा गाडिहरु चलिरहेका छन् ।
कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रदीपकुमार श्रेष्ठले सडकमा ठूलाभन्दा साना सवारी साधनहरू छिटपुट रुपमा रूपमा चलिरहेको जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले अराजक गतिविधि नगर्न आग्रह गरेका छन् । यदि कुने गतिविधि भए कार्वाहि गरीने बताए ।
कार्यालयले उपत्यकामा व्यापक संख्यामा सादा पोशाकका प्रहरीदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरेको छ ।
आमहड्तालको मानिसहरूले विरोध गरिरहेका छन् ।