माघ, २२ काठमाडौं । प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आमहड्तालमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
आमहड्तालमा उत्रिएका प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले धरपकड गरी नियन्त्रण गरेको छ ।
प्रहरीले राजधानीको कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ गरेको छ ।
प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो । प्रहरीले कलंकी क्षेत्रबाट ८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । हितमान शाक्य र अमृता थापा लगायतलाई कलंकीबाट प्रहरीले गिरफ्तार गरेको हो ।
त्यस्तै बागबजारबाट रमेश मल्ल, तिलकराज भण्डारी र समिप खरेललाई गिरफ्तार गरेको बताइएको छ ।







