माघ, २२ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्ताल उल्घन गरेको भन्दै एक टाटा सुमो तोडफोड गरेको छ ।
गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले जानकारी दिए ।
बन्द गराउने समूहले सुमोको सिसा फुटाएका छन् ।
तस्वीर : (आमहड्तालमा उत्रिएका कार्यकर्ताहरु) अनलाइनबाट







