माघ, २२ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त आन्दोलनबाट केपी सरकारको आयु सकिने बताएका छन् ।
बिहीबार आमहड्ताल सफल बनाउन ललितपुरको सातदोवाटोमा आएका प्रचण्डले फागुन पहिलो हप्ताबाट सशसक्त आन्दोलन सुरु हुने र सरकारको आयु सकिने बताएका छन् ।
उनले अव आफुहरुको आन्दोलन थप सशक्त हुने चेतावनी समेत दिएका छन् । अहिले केपी र प्रचण्डको जुहारी नभएको भन्दै उनले संविधान मिचिएकाले सरकारप्रति बिरोध गरिएको तर्क गरे ।
उनले संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताए । प्रचण्डले भने , ‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ ।







