माघ,२२ काठमाडौ।प्रधानसेनापति पूर्णचन्द्र थापाले “एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार-२०७७” को उद्घाटन गरेका छन् । जङ्गी अड्डास्थित सभामण्डप हलमा थापाले कार्यक्रम सुभारम्भ गरेका हुन् ।
सेमिनारको मुख्य आदर्श भाव “एकीकरण मार्गको चाहना : राष्ट्रिय एकताको भावना” रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेमिनार मिति २५ माघमा प्रधानमन्त्री तथा रक्षामन्त्रीबाट समापन हुने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।
सेनाले ऐतिहासिक गढी, किल्ला तथा एकिकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ सुरु गरेको कार्यक्रमअन्तर्गत गतवर्षदेखि सरकारको नीति तथा कार्यक्रमको रूपमा निरन्तरता पाइरहेको छ ।







