नारायणहिटी अगाडि ओली समूहको शक्ति प्रदर्शन(फाेटाे फिचर)

काठमाडौं । नेकपा ओली पक्षले आज काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि जनसभा गर्दैछ ।

देशभरबाट ठूलो संख्यामा नेता कार्यकर्ताको उपस्थित गराउने उदेश्यले नारायणहिटी दरबार संग्रहालयको दक्षिणपट्टि सडकमा मञ्च बनाइएको छ । बाहिरी जिल्लाबाट ओली पक्षीय नेता कार्यकर्ताको भेला हुन थालिसकेको छ ।

जनसभाको पूर्व सन्ध्यामा ओली पक्षीय नेकपाले काठमाडौं उपत्यकाका विभिन्न १३ स्थानबाट विशाल जुलुससहित नारायणहिटी दरबार संग्रहालय अगाडी जनसभा गर्न लागेको हो ।