शेरधनविरुद्ध अविश्‍वासको प्रस्ताव पेश हुँदै

माघ,२५ काठमाडौ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएको छ । दिउँसो २ बजे बस्ने भनिएको बैठक अझै बस्‍न सकेको छैन ।  कार्यव्यवस्था तथा परामर्श समितिको बैठक भने सकिएको छ । बैठकले मुख्यमन्त्री राईविरुद्ध अविश्‍वासको प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची तय गरेको हो ।

‘नेपालको संविधानको धारा १८८(४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १२९(१) बमोजिम दर्ता भएको प्रदेश १ का माननीय मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्‍वासको प्रस्ताव ऐ.नियमावलीको नियम १२९(४) बमोजिम पेश हुने’ प्रदेश सभाको दैनिक कार्यसूचीमा भनिएको छ ।