माघ, २७ काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले २ चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।
बैठकले दुई चरणमा निर्वाचन हुने प्रदेशहरु र त्यसअन्तर्गतका जिल्ला विभाजन गरेको हो ।
वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ ।
आज निर्वाचन आयोगमा गएर प्रधानमन्त्री ओलीले यिनै विषय जानकारी गराउँदै निर्वाचन तयारीबारे छलफल बुझिएको छ ।







